स्वास्थ्य मन्त्री शर्मा गौतमले टिचिङमा जेनजी आन्दोलनका घाइतेहरूको अवस्था अवलोकन गरिन्

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)को अवलोकन गर्दै जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन्।

मन्त्री शर्मा गौतमले अस्पतालमा तीन जना घाइते भेटेर उनकाे उपचार अवस्था बुझिन्। उनले भनिन्, “म टिचिङ अस्पतालमा घाइतेहरूको अवस्था बुझ्न आएकी हुँ। यहाँका घाइतेहरूको उपचारमा कुनै कमी छैन र सबै राम्रोसँग भइरहेको छ।”

घाइतेहरूलाई भेटेपछि उनले संवेदना व्यक्त गर्दै भनिन्, “यस्ता दृश्य देख्दा मलाई नरमाइलो लाग्यो। यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ।”

उनले सहिद र घाइतेको बलिदान खेर नजाओस् भन्ने कुरामा सचेत रहेको र भ्रष्टाचार निर्मूल, सुशासन कायम राख्नुपर्ने जेनजी आन्दोलनका माग बिर्सन नहुने पनि जोड दिइन्। मन्त्री शर्माले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग उपचारको अवस्थाबारे जानकारी लिँदै आवश्यक सहयोगका लागि मन्त्रालयबाट सहजीकरण गर्ने प्रतिबद्धता जनाइन्।

प्रकाशित: सोमबार, कार्तिक १०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय