काठमाडौँ । नेपालमा ३१ असोजबाट प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ अब क्यानडामा पनि लाग्ने भएको छ ।
फिल्मको क्यानडा प्रदर्शन प्रचार नेपाल प्रालिले गर्न लागेको हो ।
केही समयदेखि क्यानडामा नेपाली फिल्म र विभिन्न इभेन्ट आयोजना गर्दै आएको प्रचार नेपाल प्रालिका सञ्चालक आशिष पुरी र फिल्मका निर्माता विवेक थापाले फिल्म प्रदर्शन विषयमा सम्झौता गरेका छन् ।
दर्शकको मागबमोजिम क्यानडाको फिल्म वितरण अधिकार किनिएको प्रचार नेपालका पुरीले बताए ।
उनले क्यानडामा बुकिङ खुला भइसकेको जानकारी दिए ।
प्रचार नेपालले नोभेम्बर १ बाट क्यानडाका मुख्य मुख्य सहरमा ‘जेरी अन टप’ प्रदर्शन हुने बताए ।
फिल्ममा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मालगायतको अभिनय छ । फिल्मले ६ करोड बढी आम्दानी गरिसकेको प्रस्तुतकर्ता सरोज न्यौपाने जानकारी दिए ।


