सुनको भाउ तोलामा २ हजारले घट्यो

काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको २ लाख ४१ हजार ९ सय रुपैयाँ भन्दा २ हजार रुपैयाँ कम हो।

अघिल्लो दिन सुनको भाउ ११ हजार ६ सयले घटेको थियो भने तिहारपछि कुल १३ हजार ६ सय रुपैयाँले घटेको छ। असोज ३१ मा सुनको भाउ प्रतितोला २ लाख ५८ हजार पुगेको थियो, जुन अहिलेसम्मको उच्च मूल्य हो।

अन्तर्राष्ट्रिय बजारमा अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति जुटेपछि सुनको मूल्य घटेको र यसको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ। चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर २ हजार ९८० रुपैयाँमा आएको छ, अघिल्लो दिनको मूल्य ३ हजार १५ रुपैयाँ थियो।

प्रकाशित: सोमबार, कार्तिक १०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय