म्याग्दीको गुर्जा गाउँमा आमा समूहको देउसीभैलोबाट सङ्कलन रकम सडक निर्माणमा सहयोग

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा आमा समूहले तिहारको अवसरमा देउसीभैलो खेल्दै सङ्कलन गरेको रकमबाट रु दुई लाख सडक निर्माण योजनामा सहयोग गरेका छन् । गुर्जा गाउँ, म्याग्दीमा सडक सञ्जालको पहुँच नभएको एकमात्र वडा हो, र आमा समूहले गाउँमा छिटो मोटरबाटो जोडियोस भन्ने उद्देश्यका साथ उक्त रकम वडा सदस्य गुनराम छन्त्याल र केआई सिंह छन्त्याललाई हस्तान्तरण गरेको छ ।

सङ्कलित रकम वडा कार्यालयमार्फत सडक निर्माण योजनाको अगुवाइ गरिरहेको गुर्जा विकासमञ्च पोखरालाई उपलब्ध गराइनेछ। लुलाङ–गुर्जा सडक विस्तार गरी करिब पाँच किलोमिटर ट्र्याक निर्माण गर्न बाँकी रहेको छ । यसअघि पनि स्वदेश तथा विदेशमा रहेका गुर्जावासीले आन्तरिक स्रोत जुटाएर सडक ट्र्याक विस्तार गर्दै आएका छन् ।

चालु आर्थिक वर्षभित्र गुर्जा गाउँमा सडकको पहुँच पु¥याउन गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले बजेट विनियोजन गरिसकेको छ। यसवर्ष लुलाङ–गुर्जा सडकका लागि सङ्घीय सरकारले रु १ करोड ४० लाख, गाउँपालिकाले रु ३५ लाख, सहरी विकास मन्त्रालयले रु ३ करोड र गण्डकी प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको छ ।

प्रकाशित: सोमबार, कार्तिक १०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय