आज केही मूल्य घट्यो सुनचाँदीको

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा रु २,४१,९०० र चाँदीको मूल्य तोलामा रु ३,०१५ कायम भएको छ ।

तिहारपछि सुनको मूल्य तोलामा रु ११,६०० र चाँदीमा रु २६५ ले कमी आएको हो । कात्तिक ३ गते सुन प्रतितोला रु २,५३,५०० र चाँदी रु ३,२८० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन ४,११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित: आइतबार, कार्तिक ०९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय