तोलाको सुन साढे २ लाखभन्दा माथि

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँले बढी हो। यो हालसम्मकै उच्च मूल्य हो।

बुधबार सुन प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार २४० रुपैयाँमा रहेको चाँदी आज ३ हजार २७५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

प्रकाशित: बिहिबार, आश्विन ३०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय