काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ कम्पनीलाई कालोसूचीमा राखेको छ। विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा यी कम्पनीहरू कालोसूचीमा परेका हुन्।
कार्यालयले आज जारी गरेको सूचनामा अनुसार, तीन कम्पनीलाई दुई वर्षका लागि र बाँकी १९ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ।



