काठमाडौँ । पेट्रोलको मूल्यमा २ रुपैयाँले कमी गरिएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर २ रुपैयाँ घटाएको हो। निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोलको खुद्रा मूल्य अब प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ, र बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम गरिएको छ।
तर, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।


