एमाले महाधिवेशन पोखरामा मङ्सिर २७ देखि आयोजना गर्ने प्रस्ताव, ओलीको पर्सागत सुझाव

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७–२९ गते पोखरामा आयोजना हुने प्रस्ताव गरिएको छ।

ललितपुर, जावलाखेलस्थित रामबाघ महलमा आजदेखि सुरु भएको पार्टीको १० औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दै महाधिवेशन मङ्सिर २७ देखि २९ गते पोखरामा गर्ने प्रस्ताव राख्नुभएको हो, जनाइएको छ।

बैठकले बहस नोट कमिटीमा सूर्य थापालाई संयोजक, विष्णु रिजाल र नीरज आचार्यलाई सदस्य तथा उपमहासचिव प्रदीप ज्ञवालीलाई समसामयिक प्रस्ताव लेखनको संयोजक चयन गरेको छ। यसमा राजेन्द्र गौतम र महेश बर्तौलालाई सदस्य बनाइएको छ।

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा भदौ २३–२४ को जेनेजी आन्दोलन, वर्तमान सरकार, गणतन्त्र, संविधान एकताबद्धता र लोकतान्त्रिक शक्तिबीच सहकार्यबारे प्रस्तुतीकरण गर्नुभएको थियो।

प्रतिवेदनपछि प्रदेशगत रूपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्ने व्यवस्था गरिएको छ। प्रत्येक सदस्यलाई वर्णक्रम अनुसार बोल्न ३ मिनेट समय दिइएको छ। बैठक असोज ३१ गतेसम्म चल्नेछ।

प्रकाशित: बुधबार, आश्विन २९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय