मंगलबार, आश्विन ०६, २०८३
आज ओमानविरुद्ध भिड्दै नेपाल

काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकप एसिया र ईस्ट–एसिया प्यासिफिक छनोट प्रतियोगिताको सुपर सिक्स चरणको तेस्रो खेलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

खेल नेपाली समय अनुसार राति ८ः४५ बजेबाट सुरु हुनेछ।

दुवै टोलीसँग हाल समान ६–६ अंक छन्। आजको खेलमा नेपाल ओमानलाई पराजित गरेमा आगामी टी-२० विश्वकपमा छनोट हुने सम्भावना अझ बलियो हुनेछ।

सुपर सिक्स चरणमा नेपालले यसअघि यूएईमाथि १ रन र कतारमाथि ५ रनको रोमाञ्चक जित हासिल गरिसकेको छ।

प्रकाशित: बुधबार, आश्विन २९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय