काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गतेका घटनाहरू सुनियोजित र योजनाबद्ध भएको बताउनुभएको छ।
मंगलवार सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उहाँले घटनापछि सार्वजनिक तथ्यहरूले यसलाई प्रमाणित गरिरहेको पनि उल्लेख गर्नुभयो।
उहाँले जेन–जीले उठाएका देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित गर्नुपर्ने, साथै अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने मागहरू जायज रहेको र तिनलाई सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो।


