संसद् विघटनविरुद्ध ६ रिट सर्वोच्च अदालतमा दर्ता

काठमाडौँ । सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुल्नेबित्तिकै प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म ६ वटा रिट निवेदन पेस भएका छन्।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सर्वोच्चमा भएको आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटका कारण बन्दी प्रत्यक्षीकरण तथा अत्यावश्यक मुद्दाबाहेक अन्य सबै काम स्थगित गरिएको थियो। आजदेखि रिट दर्ता र सुनुवाइ पुनः सुरु भएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनहरू निरन्तर पेस भइरहेका छन्।

सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार हालसम्म दर्ताका लागि ६ वटा रिट निवेदन पेस भइसकेका छन् र ती निवेदन अध्ययन प्रक्रियामा रहेका छन्।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित सबै न्यायाधीशको पूर्ण बैठक (फुल कोर्ट)ले यही असोज २६ गतेदेखि रिट दर्ता र सुनुवाइ प्रक्रिया पुनः सुरु गर्ने निर्णय गरेको थियो।

 

प्रकाशित: मंगलबार, आश्विन २८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय