सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, तोलामा रु २ लाख ४८ हजार ५ सय पुग्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य तोलामा आठ हजार एक सय रुपैयाँले वृद्धि भई दुई लाख ४८ हजार पाँच सय रुपैयाँ पुगेको हो।

सोमबार छापावाल सुन तोलामा दुई लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको हुँदा यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको महासङ्घले जनाएको छ।

यसैबीच, चाँदीको मूल्य पनि मङ्गलबार बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज चाँदी तोलामा तीन हजार ३२५ रुपैयाँमा कारोबार भएको छ, जुन सोमबारको तीन हजार २२० रुपैयाँभन्दा एक सय पाँच रुपैयाँले बढी हो।

प्रकाशित: मंगलबार, आश्विन २८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय