कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक १ बजे बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।

जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल गर्न बैठक आयोजना गरिएको हो। पार्टीको केन्द्रीय कार्यालय, सानेपामा आज दिउँसो १ बजे बैठक बस्ने तय भएको छ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा पनि सहभागी हुने भएका छन्। जेन–जी युवा आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण र आगजनी भएको घटनापछि लामो समय उपचारपछि उहाँ पहिलोपटक पार्टीको बैठकमा सार्वजनिक हुन लाग्नुभएको हो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई सहभागी हुन बोलाइएको छ।

प्रकाशित: मंगलबार, आश्विन २८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय