काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर कुनै विशेष मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ।
महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
कोशी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।


