आजको सुनको मूल्य

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुन र चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु दुई लाख ३५ हजारमा कारोबार भएको सुन आज रु तीन हजारले बढेर रु दुई लाख ३८ हजार पुगेको छ । यस्तै, सोही अवधिमा प्रतितोला चाँदीको मूल्य पनि रु ४० ले वृद्धि भई रु तीन हजार १२५ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भने आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय समाचार स्रोतहरूले जनाएका छन् ।

प्रकाशित: आइतबार, आश्विन २६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय