लामो प्रतीक्षा अन्त्य हुँदै, आइतबारदेखि उच्च अदालत तुलसीपुरमा सेवा प्रारम्भ

काठमाडौँ । उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता र सुनुवाइको काम औपचारिक रूपमा सुरु गर्ने भएको छ।

अदालतका रजिष्ट्रार यमप्रसाद बास्कोटाका अनुसार अबदेखि मुद्दा दर्ता, रिट, निषेधाज्ञा सम्बन्धी निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिमका निवेदनहरू दर्ता र सुनुवाइ प्रक्रिया सुरु हुनेछ।

यसअघि अदालतले केवल बन्दीप्रत्यक्षीकरणका निवेदनहरू मात्र लिँदै आएको थियो। हाल सञ्चालनमा रहेका मुद्दाहरूको कारबाही र नयाँ पुनरावेदन पत्र दर्ता गर्ने सम्बन्धमा भने अर्को सूचना प्रकाशित गरी जानकारी दिने तयारी भइरहेको रजिष्ट्रार बास्कोटाले बताए।

जेनजी आन्दोलनका क्रममा अदालतमा भएको आगजनीका कारण नियमित सेवा सञ्चालन अवरुद्ध भएको भए पनि अब सेवा पुनः नियमितरूपमा अघि बढ्ने भएको हो।

प्रकाशित: शनिबार, आश्विन २५, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय