आइतबार, भाद्र २८, २०८३
कोशी प्रदेशमा फेरि बदली बढ्दै, पहाडी भू–भागमा वर्षाको संकेत

काठमाडौँ । यस वर्षको मनसुन नेपालका सम्पूर्ण भू–भागबाट समाप्त भइसकेको छ, जसका कारण हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि मनसुन नेपालबाट औपचारिक रूपमा बाहिरिएको हो।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जबकि बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ।

त्यस्तै, कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि सोही प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहँदा अन्य स्थानमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

प्रकाशित: शनिबार, आश्विन २५, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय