ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री घिसिङले क्षतिग्रस्त बीपी राजमार्गको निरीक्षण गरे

काभ्रे । ऊर्जा, भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङले अविरल वर्षापछि आएको बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको स्थलगत निरीक्षण गरेका छन्। उनी काभ्रेको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडा पुगेर रोशी खोलाले पुर्‍याएको क्षति अवलोकन गरे। मन्त्री घिसिङले राजमार्गलाई दुई दिनभित्र सञ्चालनयोग्य बनाउन सम्बन्धित निकायलाई आवश्यक पहल गर्न निर्देशन दिए।

रोशी खोलाको किनार हुँदै क्षतिको अवस्था बुझ्दै उनले तत्काल उपलब्ध स्रोत र साधन प्रयोग गरेर मर्मत कार्य सुरु गर्न स्थानीय तह र सडक डिभिजन कार्यालयलाई आदेश दिएका छन्। निरीक्षणका क्रममा स्थानीयवासीहरूले सडक अवरुद्ध भएपछि किसानहरूले उत्पादन गरेको दूध र तरकारी बजारसम्म पुर्‍याउन नसकेको गुनासो पनि राखेका थिए।

प्रकाशित: बिहिबार, आश्विन २३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय