नेपालमा मनसुन क्रमशः कमजोर हुँदै, अधिकांश क्षेत्रमा वर्षा घट्दै

काठमाडौँ :-  जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव देखिएको छ भने बाँकी क्षेत्रमा मनसुनी र स्थानीय वायुको प्रभाव क्रमशः कमजोर बन्दै गएको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी स्थानहरूमा मुख्यतया मौसम सफा रहने विभागले जनाएको छ। त्यस्तै, पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको छ।

यस्तै, आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ। यी प्रदेशका केही पहाडी भागमा हल्का वर्षा पर्ने सम्भावना पनि विभागले जनाएको छ।

प्रकाशित: बिहिबार, आश्विन २३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय