नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई १४० रनको लक्ष्य दिएको छ

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई १४० रनको लक्ष्य दिएको छ ।

डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३९ रन जोड्यो ।

नेपालका लागि कुशल मल्लले २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन योगदान दिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन, लोकेश बमले १६ बलमा २४ रन, भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२–१२ रन बनाए ।

बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई–दुई विकेट हात पारे । हाल मेलबर्न रेनेगेड्स एकेडेमी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको छ ।

प्रकाशित: बुधबार, भाद्र ०४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय