काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन्।
रास्वपाका प्रवक्ता मनिष झाकाका अनुसार प्रचण्ड बुधबार साँझ ६ बजे लामिछानेसँग भेटघाटका लागि नख्खु कारागार पुग्नेछन्।
सहकारी ठगीको आरोपमा भैरहवा कारागारमा राखिएका रास्वपा सभापति लामिछानेलाई गत शनिबार ललितपुरको नख्खु कारागारमा स्थानान्तरण गरिएको थियो।


