काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।
त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले *बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२* माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै, *मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१* लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि आजको बैठकमा पेश गरिनेछ ।


