मनसुन क्रमश, न्यून हुँदै

काठमाडौं ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहँदा देशभर मनसुन क्रमशः कमजोर हुँदै गएको छ । तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने जारी छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा साधारण बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । ती प्रदेशका पहाडी भागका केही स्थान र तराईका थोरै ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ ।

आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारण बदली र अन्यत्र आंशिक बदली रहनेछ । मधेस, कोशी, वाग्मती र गण्डकीका तराई तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुने र कोशी तथा गण्डकीका पहाडी क्षेत्रमा एक–दुई ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

महाशाखाले वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव (Debris Flow) को जोखिम रहने, ठूला–साना नदी–नालामा पानीको सतह बढ्न सक्ने र यातायात प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।

प्रकाशित: बुधबार, भाद्र ०४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय