कोशी र बागमतीका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सामान्यभन्दा दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर भए पनि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेको छ ।

यस कारण आज दिउँसो देशभर सामान्य बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड तथा तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

आज राति कोशी, गण्डकी लगायतका पहाडी भूभागमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको

प्रकाशित: मंगलबार, भाद्र ०३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय