‘३६को आँकडा’को फस्टलुक सार्वजनिक

काठमाडौँ |   अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको नयाँ फिल्म ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा र पूजा शर्मा फिचर छन् । प्रहरी अधिकारीको भूमिकामा प्रस्तुत भएकी रेखाले पूजालाई हतकडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ ।

सबिर श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्म आगामी सोमबारबाट फ्लोरमा जानेछ । निर्माण पक्षले आज सार्वजनिक पोस्टरमा अन्य कलाकार र प्राविधिक टिमबारे जानकारी दिएको छैन । सुटिङपछि ती विवरण सार्वजनिक गर्ने तयारीमा रहेको बताइएको छ ।

प्रकाशित: आइतबार, भाद्र ०१, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय