फलामले लागेर क्रेन अपरेटरको मृत्यु

काठमाडौँ ।  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा फलामले लागेर एक क्रेन अपरेटरको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति क्रेनले फलाम उठाउने क्रममा आफैँलाई लागेर भारतको उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको हो ।

फलामले टाउकोमा लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगन्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित: बिहिबार, साउन २२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय