बिपना थापा ‘सुख दुःख’मा अनुबन्धित

काठमाडौँ ।  अभिनेत्री तथा निर्मात्री निता ढुङ्गाना अधिकारीको निर्देशन रहेको फिल्म ‘सुख दुःख’मा बिपना थापाको पनि अनुबन्धित भएकी छन् ।

निर्माण युनिटले फिल्ममा मुख्य भूमिका रहने गरेर उनलाई अनुबन्धित गरेको हो ।

यसअघि निता र बिपनाले फिल्म ‘ह्रस्व दीर्घ’मा सहकार्य गरेका थिए ।

यो उनीहरूको दोस्रो सहकार्य हो ।

बिपनाले फिल्म ‘सुख दुख’मा आफू पनि जोडिन पाउँदा एकदम खुसी लागेको बताइन् । उनले फिल्मको कथाले नै आफूलाई मन छोएको र निताको निर्देशनमा बन्न लागेको फिल्ममा काम गर्न पाउँदा उत्साहित रहेको बताइन् ।

आगामी फागुनबाट छायाङ्कनमा जाने यो फिल्मलाई चर्चित भारतीय छायाकार कबिरलाल र शाहिदलालले छायाङ्कन गर्दैछन् । ‘निता फिल्मसको ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउदैछ ।

प्रकाशित: बिहिबार, साउन २२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय