काठमाडौँ । आज बजारमा सुन मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९८ हजार ४ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर प्रतितोला २३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


