नेपाली बजारमा ‘अस्वा प्रो’ इयरबड्स् सार्वजनिक, चित्त नबुझे पैसा फिर्ता

काठमाडौँ । नेपाली ब्रान्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी) ले आफ्नो नयाँ प्रिमियम इयरबड्स ‘अस्वा प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यो उत्पादनमा प्रयोगकर्तालाई ‘मनी ब्याक ग्यारेन्टी’ अर्थात् चित्त नबुझे पैसा फिर्ता हुने सुविधा दिएको छ । कम्पनीका अनुसार यो सुविधा नेपाली इयरबड्स बजारमै एक नौलो प्रयास हो । सेतो तथा कालो गरी दुई रङमा उपलब्ध हुने इयरबड्सको मूल्य लन्च अफर अवधिभर ३२ सय ९९ रुपैयाँ तोकिएको छ ।

‘अस्वा प्रो’ को मुख्य विशेषता यसको लामो ब्याट्री ब्याकअप हो । एक पटक फुल चार्ज गर्दा यसले ९० घण्टासम्मको प्ले-टाइम र ३०० घण्टाको स्ट्यान्डबाइ समय दिने कम्पनीको दाबी छ । यसलाई १.५ घण्टामा पूर्ण रूपमा चार्ज गर्न सकिन्छ । इयरबड्सको केसमा ८०० एमएएच र प्रत्येक बडमा ४० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।

उच्च गुणस्तरको अडियोका लागि यसमा १० एमएमको ड्राइभर प्रयोग गरिएको छ । साथै, बाहिरी हल्लालाई कम गर्न यसमा हाइब्रिड एक्टिभ नोइज क्यान्सलेसन (एएनसी) प्रविधि छ । जसमा फिडब्याक, फिडफर्वड र टक माइक गरी कुल ६ ओटा माइक्रोफोन राखिएका छन् । यसले फोनमा कुराकानी स्पष्ट बनाउन मद्दत गर्ने बताइएको छ ।

ब्लुटुथ ५.४ भर्सनमा आधारित इयरबड्समा स्टेबल कनेक्सन (seamless connection)का साथै एकैपटक दुई ओटा डिभाइसमा जोड्न सकिने ‘डुअल डिभाइस पेयरिङ’ को सुविधा पनि छ । गेमिङका लागि ४५ मिलिसेकेन्डको ‘लो-लेटेन्सी’ सहितको विशेष मोड र पानी तथा पसिनाबाट बचाउन आईपीएक्स सिक्स (IPX6) वाटर रेसिस्टेन्ट सुविधा पनि यसमा उपलब्ध छ ।

यो इयरबड्स एमडब्लूसीको आधिकारिक वेबसाइट, दराज, खल्ती, ई-सगुन र साइबजारबाट किन्न सकिनेछ । कम्पनीले पहिलो २०० जना ग्राहकलाई निःशुल्क प्रिमियम केस पनि उपहार स्वरूप प्रदान गर्ने जनाएको छ ।

प्रकाशित: मंगलबार, साउन २०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय