काठमाडौँ | अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले स्वास्थ्य समस्याबाट जुधिरहेकी सौन्दर्य प्रतियोगिता ‘एमस नेपाल इन्टरनेसनल २०२३’ विजेता सीता सुवेदीलाई ५१ हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् ।
सुवेदीको उपचार भैरहको सुद्धिग्राम आयुर्वेदिक अस्पतालमा पुगेर उनले अर्थ सहयोग प्रदान गरे । ‘उहाँजस्तो सक्षम, सकारात्मक र सक्रिय व्यक्तित्व कठिन परिस्थितिमा रहनु पीडादायक कुरा हो । मेरो यो सहयोग सानो भए पनि प्रेरणा र हौसला बन्न सकोस्’ घिमिरेले भने ।
उनले संकटको घडीमा अन्य व्यक्तिलाई पनि सहयोगमा जुट्न आग्रह गरे । प्रतियोगिताका प्रमुख निशुकान्त झाले कलाकार घिमिरेद्वारा प्रदान गरिएको आत्मीय सहयोग प्रेरणादायी रहेको बताए ।


