दयाहाङ राईको ‘मिरमिरे’ माघ १ मा रिलिज हुने

काठमाडौँ |   चलचित्र ‘मिरमिरे’ माघ १ गते रिलिज हुने भएको छ ।

नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर रिलिज डेट तय गरिएको हो ।

अहिले यो चलचित्रको छायांकन मकवानपुरको चित्लाङमा भइरहेको छ ।

असार २१ गतेबाट छायांकन सुरु भएको चलचित्रको सुटिङ अबको करिब दुई हप्तामा सकिने निर्माणपक्षले बताएको छ ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् ।

अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन् । चलचित्रको बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

यम शेर्पाले निर्देशन गरिरहेका छन् । ‘मिरमिरे’को निर्देशन सँगै स्टोरी पनि यम स्वयंले लेखेका छन् । चलचित्रका छायाकार आलोक शुक्ला हुन् ।

प्रकाशित: आइतबार, साउन १८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय