काभ्रे । नेपाल कृषिमा प्रधान देश भएका कारण हरेक तिथि मिति र दिनमा कृषि संग सम्बन्ध जोडियकै हुन्छ ।नेपाली खाना र संस्कृती९ग्यास्ट्रोनोमी० हाम्रो रैथाने संस्कार पनि हो । हामीले मान्ने चाडपर्व तथा संस्कारहरू तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ कार्यको अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खाध्य परिकार खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ । शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न प्रसन अथवा खाना खुवाई सुरुवात समेत खीर खान लगाएर गरिने प्रचलन छ ।
अझ खिरलाई राईस पुडिङ्ग भनेर खानाको अन्तिममा खाईने खाना डेजर्टको रूपमा पनि खाईन्छ ।
तर हिन्दु धर्म अनुसार श्राद्वको वेलामा पायस वनाईन्छ जुन खिर कै रूप हो संस्कृतमा पय भनेको दूध हो, दूध वाट वनेको परिकार लाई पयस भनियो पछि यो अप भ्रंस हुंदै पायस वन्यो ।
नेपालको पश्चिम क्षेत्र गुल्मी भेगमा खिर जस्तै गरि ढकनि वनउने चलन छ ।चामल लाई घ्युमा रातो हुने गरि भुटेर धेरै समय दूध हालेर पकाउने पनि गरिन्छ ।






चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी,घ्यू हालेर खीर बनाउने हाम्रो चलन छ । खीरको पोषण यसमा हालिने खध्यवस्तुले निर्धारण गर्छ । खीर उच्च क्यालोरी भएको खाना हो । दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ । चामलमा कार्बोहाइड्रेट पाइन्छ । खीरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ ।
त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खीर हो । व्रत बसेका बेला त खीर खाने हाम्रो चलन नै छ । साथै, लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ । खीरसँगै फलफूल तथा तरकारी तथा सब्जी संग पनि खाइन्छ, यसले थप पोषणको आपूर्ति गर्छ । जसले गर्दा व्रत बसेका बेला वा शरीर कमजोर भएको अवस्थामा पनि लामो समय ताकत दिन्छ । यो शक्तिवर्धक अनि मीठो पनि भएकाले पहिले पहिले धनी ठुला वढाले खाने खान्की भन्ने चलन थियो ।
‘साउनमा खीर खाने’ भन्ने समाजको मान्यता छ । यद्यपि खीरमा पाइने जस्तो पोषणयुक्त परिकार हामीले हप्तामा खानामा समावेश गर्नुपर्ने हो । तर धेरैबेर पकाउँदा कतिपय पोषण नष्ट हुने र क्यालोरी मात्र उच्च हुने सम्भावना हुन्छ । त्यसैले कति बेर पकाउने, के के हाल्ने, कति खाने भन्ने कुरा ध्यान दिनुपर्ने छ ।
खीर बनाउने तरिका
खीर पकाउन आवश्यक चाहिने आवश्यक समाग्रीहरू।
– १ किलो चामललाई आधा घण्टासम्म भिजाउने र पानी तारी सुख्खा बनाउने ।
– घिउ १०० ग्राम
– दुध ६ लिटर
– चिनी ३०० ग्राम
– ड्राई फ्रुट्स काजु, बदाम, किसमिस, छकडा – २५० ग्राम
– ल्वाङ, सुकमेल, मरिच एवम् अलैंचीको जैफलको धूलो ।
पकाउने विधि
१. कसौडी वा देक्चिमा घिउ तताउने ।
२. तताइएको घिउमा भिजाएको चामल हालेर सानो आँचमा भुट्ने । वा दुधमा चामल राखेर पकाउने ।
३. खैरो भएपछि एकछिन सेलाउन दिने ।
४. सेलाएपछि माथिबाट दूध हालेर सानो आँचमा पकाउने ।
५. छोपेर चलाउने ।
६. चामल राम्रोसँग पाकेपछि त्यसमा रहेको दूध सुक्न दिने र चिनी हालेर राम्रोसँग चलाउने ।
७. त्यसपछि ड्राई फ्रुट्स हालेर चलाउने ।
८. ल्वाङ, सुकमेल, मरिच एवं अलैंची जैफलको धूलो राख्ने
९. केही समय ढकनाले छोपेर राख्ने खिर कसैले हल्का पातलो वनाउंछन भने कसैले अलि वाक्लो वनाएर पनि खाने गरिन्छ ।
अब खिर तयार भयो ।
सेफ मोहन वहादुर गजुरेल
संचालक सुपरनोभा तालिम केन्द्र


