काठमाडौं| हास्य कलाकार तथा अभिनेता जितु नेपालले यो वर्षको ‘गाईजात्रा’लाई लक्षित गर्दै हास्यव्यङ्ग्य सामाग्री ‘मुन्द्रेको हास्य व्यङ्ग्य सामाग्री २०८२’ सार्वजनिक गरेका छन् ।
यो पटक फरक फरक ४ भागमा गाईजात्रे कोसेली सार्वजनिक गर्ने उनको योजना रहेको छ । जसमध्ये पहिलो भाग व्यर्थ मन्त्रीको बजेट भाषणमा ‘गाईजात्रे बजेट भाषण’ मंगलबार सार्वजनिक गरिएको हो ।
‘व्यर्थ मन्त्रीको बजेट भाषण’मा संसद् भवन भित्रको सभामुख र मन्त्रीको संवाद मार्फत संसद् भवन भित्रको गतिविधिमा ब्याङ्ग्य गरिएको छ । आफ्नो ‘गाईजात्रे कमेडी’ ४ भागमा आउने र प्रत्येक भाग ४–४ दिनको फरकमा सार्वजनिक हुने नेपालले बताए ।


