अभिमन्यु’ अब हिन्दीमा पनि रिलिज हुने

काठमाडौं ।  फिल्म ‘अभिमन्यु : च्याप्टर १’को २ पोस्टर सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको पोष्टरमा चलचित्रका मुख्य कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसहित अन्य दुई कलाकार फिचर्ड छन् ।

दुई पोस्टरले क्यारेक्टर लुक्स, क्यारेक्टर र सम्बन्धलाई थोरै खुलाउँदै सस्पेन्स क्रिएट गर्न खोजेको देखिन्छ ।

‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदै छ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिए ।

फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतको अभिनय छ ।

प्रकाशित: मंगलबार, साउन १३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय