एएफसी यू–२० महिला कप छनोटका लागि टोली सार्वजनिक

काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोट २०२५ का लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले हिजो २३ सदस्यीय टोली घोषणा गरेको हुन् । टोलीले आउँदो भदौ २३ देखि २८ गतेसम्म भूटानमा आयोजना हुने छनोटमा खेल्नेछ । नेपाल समूह ‘बी’ मा रहेको छ ।

यो समूहमा उत्तर कोरिया, आयोजक भूटान र साउदी अरब पनि छन् ।

छनोट चरणमा हरेक समूहको शीर्ष टोलीले अर्को वर्ष आयोजना हुने एएफसी २० वर्षमुनिको महिला एशियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ ।

नेपालको अन्तिम टोली

गोलकिपर : लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ

डिफेन्डर : सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया

मिडफिल्डर : कविता गुरुङ, सुसिला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी (कप्तान), सेनु परियार

फर्वार्ड : कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्ष्या मगर

प्रकाशित: सोमबार, साउन १२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय