गुगलको विकल्पतिर सामसङ, एस२६ मा ओपनएआई र परप्लेक्सिटी फिचर

काठमाडौँ । सामसङले एकभन्दा बढी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीहरुसँग मिलेर एस२६ सिरिजमा थप फिचर ल्याउने भएको छ ।

सामसङले सन् २०२६ मा लन्च गर्ने तयारी गरिरहेको एस२६ सिरिजमा गुगलसहित अन्य एआई कम्पनीका फिचर थप्ने तयारी गरेको हो ।

सामसङका एक उच्च पदाधिकारीले ब्लूमबर्ग न्यूजसँगको कुराकानीमा कम्पनीले नयाँ सिरिजमा आफ्नो जेमिनी एआईसहित थप एआई फिचर थप्ने तयारी गरिरहेको बताएका छन् ।

अघिल्ला रिपोर्टहरुमा सामसङले जेमिनीलाई डिफल्ट एआई असिस्टेन्टबाट हटाउने चर्चा थियो । प्रतिद्वन्दी मोटोरोलाले पनि माइक्रोसफ्ट, पर्प्लेक्सिटीर गुगलसँग सहकार्य गर्दै आफ्नो मोटो एआई स्वीटमा नयाँ फिचर थप्ने घोषणा गरिसकेको छ ।

सामसङका अध्यक्ष र मोबाइल एक्सपेरियन्स सीओओ चोइ वन-जुनले अब आउने फ्ल्यागशीप स्मार्टफोनहरुमा उपभोक्ताहरुलाई धेरै विकल्प दिने तयारी रहेकाले धेरै भेन्डरहरुसँग छलफल भइरहेको ब्लूमबर्ग न्यूजसँगको अन्तर्वार्तामा भनेका छन् । सामसङ च्याटजिपिटी निर्माता ओपन एआईसँग पनि छलफलमा रहेको बताइएको छ । ओपन एआईले एप्पलसँग सहकार्य गर्दै आइफोनका पछिल्ला मोडलहरुमा एआई फिचर दिन थालिसकेको छ ।

सामसङले परप्लेक्सिटीसँग डिल गर्न लागेपछि यो विषय बाहिर आएको हो । सामसङले ग्यालेक्सी एस२५ सिरिजका स्मार्टफोनमा जेमिनी एआई असिस्टेन्टको साटो परप्लेक्सिटीको एआई असिस्टेन्ट राख्ने योजना बनाएको थियो । तर, अझैसम्म सामसङले यो विषयलाई अन्तिमरुप भने दिइसकेको छैन ।

प्रकाशित: आइतबार, साउन ११, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय