फिल्ममा डेब्यू गर्दै आयुष र एलिजाले

काठमाडौं । सामाजिक संजालका ‘कन्टेन्ट क्रिएटर’ आयुषसिंह ठकुरी र एलिजे जमालीले फिल्म अभिनयमा डेब्यू गर्ने अपेक्षा गरिएको छ ।

फिल्म निर्देशक तथा निर्माता किरण नेपालीले शनिबार यी दुई जोडीलाई अभिनय प्रस्ताव राखेका थिए ।

प्रस्तावमा आयुष र एलिजे सकारात्मक देखिएको र केही दिनमा औपचारिक सम्झौताको तयारी रहेको बताइएको छ ।

निर्देशक नेपालीका अनुसार केही दिनमा लिखित सम्झौताको सम्भावना रहेको छ ।

नाम तय नभैसकको यो सोसल ड्रामाबाट नेपालीले निर्देशकको रुपमा डेब्यु गर्दैछन् ।

यो फिल्ममा ४ जना हिरो र ३ जना हिरोइन हुने किरणले बताए ।

प्रकाशित: आइतबार, साउन ११, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय