काठमाडौं । समाजमा छोरीको महत्वको सन्देश दिने फिल्म ‘सतीदेवी’ अमेरिकामा विशेष प्रदर्शन हुने भएको छ ।
लक्ष्मण सुवेदी निर्देशित फिल्म आगामी अगस्ट १७ तारिकमा अमेरिकाको भर्जिनीयास्थित फेयरफ्याक्समा प्रदर्शन हुने भएको हो ।
नेपालमा यो फिल्म गत वर्षको भदौमा प्रदर्शनमा आएको थियो । फिल्ममा मलिका महत, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ ।


