५ करोडको चिउरा आयात

काठमाडौं |  नेपालले गत आर्थिक वर्षमा ५ करोड ५ लाख ९९ हजारको चिउरा आयात गरेको छ ।

भारतबाट १२ लाख १६ हजार केजी चिउरा आयात गरेको हो । भन्सार विभागको वार्षिक तथ्याङ्क अनुसार चिउरा नेपालले भारतबाट मात्रै आयात गर्दा ७२ लाख भन्सार महसुल सङ्कलन गरेको छ ।

यस्तै नेपालले इन्डोनेसिया र भारतबाट भुजा आयात गरेको छ । भारतबाट १० लाख ६७ हजार रुपैयाँ बराबरको १८ हजार केजी र १० केजी भुजा इन्डोनेसियाबाट आयात गरेको छ ।

प्रकाशित: मंगलबार, साउन ०६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय