काठमाडौं | बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ ।
अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं पटक च्याम्पियन बनेको हो ।
अहिलेसम्म बङ्गलादेश र भारतले मात्र यो प्रतियोगिताको उपाधि जितेका छन् ।
भारतले जम्मा २ पटक उपाधि जितेको छ । नेपाल तेस्रो पटक उपविजेतामा सीमित बन्यो ।
यसअघि सन् २०१८ र २०२३ मा नेपाल उपाधिबाट चुकेको थियो । दुवै पटक नेपाल बङ्गलादेशसँग नै हारेको थियो । नेपाल तीन पटक तेस्रो भएको इतिहास छ ।
बङ्गलादेश ६ खेलमा सबै जितेर १८ अङ्कसहित च्याम्पियन बन्यो । ६ खेलमा ४ मा जीत र २ हारका साथ नेपाल १२ अङ्कसहित दोस्रो बनेको छ ।


