स्थानीय तहका स्वास्थ्यकर्मीहरू आन्दोलनमा

काठमाडौं ।सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आजदेखि आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेका छन् ।
आफूहरूलाई स्थानीय तहबाट प्रदेश तथा संघीय सेवामा समायोजन गर्नुपर्ने मागसहित स्वास्थ्यकर्मीले आन्दोलन चर्काएका हुन् ।

स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी संघर्ष समिति, सुदूरपश्चिम प्रदेशले शनिबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तहका स्वास्थ्यकर्मीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि तीन तहका सरकारबाट समस्या समाधानका लागि चासो नदेखाइएको आरोप लगाएको छ ।

सुदूरपश्चिम प्रदेशले हालै जारी गरेको स्थानीय तह (गठन तथा सञ्चालन) ऐन २०८१ मा भएका कतिपय प्रावधानको विरोधमा स्वास्थ्यकर्मीहरूले बन्द आह्वान गरेका हुन् ।

प्रकाशित: सोमबार, साउन ०५, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय