काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भदौ अन्तिम साता ओली भारत भ्रमणमा जाने तय भएको बुझिएको छ ।
ओलीले सेप्टेम्बर १६-१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने भएका छन्।यसका लागि तयारी सुरु भइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।
२०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन।


