मंगलबार, कार्तिक ११, २०८३
नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं। नबिलबैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमाप्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ (National Best Presented Annual Report Award -NBPA – 2024)द्वारा सम्मानितभएको छ ।

आइक्यानले आर्थिक वर्ष २०२३/२४ मा प्रकाशितवार्षिक प्रतिवेदनकाआधारमा संस्थाको वित्तीयपारदर्शिता, जवाफदेहिता र सुशासनकालागि बैंकिङ क्षेत्रमाअब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो ।

आर्थिक वर्ष २०२२/२३ मा पनिनबिल बैंकले गोल्ड अवार्ड हातपारेका थिए । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममामाननीयमहालेखापरिक्षक तोयम रायले नबिल बैंककावित्तप्रमुख सन्दिपबाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए ।

बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसिया फेडेरेसन अफ एकाउन्टेन्टस् (साफा) ले दक्षिण एसियाली स्तरमा आयोजना गर्ने साफाबिपिए अवार्डका लागि समेत मनोनित हुनेछ ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवाप्रदानगर्दै आएको छ ।

प्रकाशित: आइतबार, साउन ०४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय