काठमाडौँ । बलिउड सुपरस्टार शाहरुख खान आफ्नो आगामी फिल्म ‘किङ्ग’ को सुटिङका क्रममा घाइते भएका छन् ।
मुम्बईको गोल्डन टोबैको स्टुडियोमा एक एक्सन सिन खिच्दै गर्दा उनी घाइते भएका हुन् ।
बलिउड हंगामाले स्रोतको हवाला दिँदै जानकारी दिएको अनुसार, शाहरुखलाई कहिले र कहाँ चोट लाग्यो भन्ने विवरण स्पष्ट भइनसकेको भए पनि उनी हाल अमेरिकामा उपचार गराइरहेका छन् ।
स्रोतका अनुसार, मांसपेशीमा चोटका कारण शाहरुखको सर्जरी गरिएको छ र चिकित्सकहरूले उनलाई कम्तीमा एक महिनाको आराम गर्न सल्लाह दिएका छन् ।
फिल्म ‘किङ्ग’को सुटिङ अब सेप्टेम्बर वा अक्टोबरमा मात्र सुरु हुने बताइएको छ, जब शाहरुख पूरै निको हुनेछन् । जुलाई–अगस्ट महिनामा फिल्म सिटी, गोल्डन टोबैको स्टुडियो र वाईआरएफ स्टुडियोमा तय गरिएको सुटिङ कार्यक्रम रद्द गरिएको छ ।


