फिल्म ‘कहाँ भेटिएला’को मुख्य भूमिकामा माग्ने बुढा

काठमाडौँ ।स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको चर्चित फिल्म ‘कहाँ भेटिएला’को नामबाट फेरि फिल्म निर्माण हुने भएको छ ।
शक्ति नमोबुद्ध फिल्मस् प्रालीले यस नामबाट अहिले फिल्म बनाउन लागेको हो ।

चलचित्र विकास बोर्डबाट शक्ति नमोबुद्धले फिल्म निर्माणका लागि इजाजत समेत लिइसकेको छ ।

मिलन तामाङ, निर्माता निर्देशक रहेको फिल्ममा केदार प्रसाद घिमिरे (माग्ने बुढा), धिरज मगर, बुद्धि तामाङ, स्यामा श्री शेर्पालगायत कलाकार रहने उल्लेख गरिएको छ ।

प्रकाशित: शुक्रबार, साउन ०२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय