काठमाडौँ । टिकटकले बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’सँग औपचारिक साझेदारीको घोषणा गरेको छ । जसअन्तर्गत शोको पहिलो सिजनका लागि टिकटक एक्सक्लुसिभ मनोरञ्जन पार्टनर हुनेछ ।
टिकटकले यो साझेदारीलाई नेपालकै मनोरञ्जन र उद्यमशीलताको क्षेत्रमा एउटा महत्वपूर्ण क्षणको रूपमा लिएको जनाएको छ । ‘किनभने विश्वव्यापी रूपमा प्रशंसित यो व्यवसायिक रियालिटी शो पहिलो पटक नेपालमा प्रस्तुत हुँदैछ’ टिकटकले विज्ञप्तिमा भनेको छ ।
टिकटकका दक्षिण एसियाली कन्टेन्ट अपरेसन्स लिड उमैस नविद भन्छन्, ‘शार्क ट्यांक नेपालसँगको यो साझेदारीले क्षेत्रीय क्रियटरहरूलाई सशक्त पार्ने र प्रेरणादायी उद्यमशील यात्राहरूलाई उजागर गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउँछ ।’


