काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली मधेश युनाइटेडले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
नीतिले एम्बासडरको रूपमा क्लबसँग जोडिन पाउँदा उनले अत्यन्त खुशी र गर्व महसुस भएको बताएकी छन् । नीति मिस नेपाल इन्टरनेशनल २०१७ विजेता हुन् ।
यससँगै क्लबले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई फेरि मार्की खेलाडीको रूपमा निरन्तरता दिएको छ ।


