काठमाडौँ | कलाकार दीपकराज गिरीले पछिल्लो समय मन्त्रीहरूको एकपछि अर्को घुस काण्डबारे टिप्पणी गरेका छन् ।
उनले आज सामाजिक संजाल फेसबुकमा लेख्दै मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्यो भन्दै टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘लौ न मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्यो । घुस खान पो रोक्न सकिन्न त । समाचार त रोक्नु पर्यो नि । भोलि मन्त्री खाने मान्छे नपाइएला ।’


